खेलकुद
दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकियो
०

काठमाडौं ,असार ८-
फिफा विश्वकप २०२६ मा दुई पटकको विश्व विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ।
अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे केप भर्डेसँग २–२ को बराबरीमा रोकिएको हो। केप भर्डेले यसअघि स्पेनसँग पनि बराबरी खेलेको थियो।
समूह ‘एच’ को यो खेलमा उरुग्वेविरुद्ध केप भर्डेले सुरुवाती अग्रता लिएको थियो। खेलको २१औं मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाएका थिए। त्यसपछि ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल फर्काए।
पहिलो हाफको इन्जुरी समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रतामा दिलाएका थिए। ६१औं मिनेटमा केप भर्डेका हेलियो भारेला गोल गर्दै बराबरी गोल फर्काए।त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























