अर्थ

सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Banner

काठमाडौं , जेठ २५ –

नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेर दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार छापावाल सुन प्रतितोला तीन लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला चार हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>