चितवन विशेष

विश्व वातावरण दिवसमा मैयादेवी कन्या कलेजमा वृक्षरोपण

Banner

चितवन, जेठ २२-
मैयादेवी कन्या कलेजको आयोजना तथा ओम शान्ति टोल र शान्ति इन्द्रेणी टोलको सहकार्यमा सरसफाई तथा वृक्षरोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा यो कार्यक्रमको गरिएको हो ।
संबिधान सभा सदस्य एबं कलेजका अध्यक्ष रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्राचार्य तेजप्रसाद पौडेल, प्रध्यापक संघका सभापति कृष्णप्रसाद न्यौपाने, सहायक क्याम्पस प्रमुख बलराम पौडेल, नगेन्द्र तिमिल्सिना, टोलका तर्फबाट रघुनाथ रेग्मी शम्भू कंडेल लगाएतका क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी र टोलका सदस्यहरुको सहभागिता रहेको थियो ।
सो अबसरमा क्याम्पस परिसरमा कपुरका बिरुवाहरु रोपिएको थियो । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले हरियाली प्रवद्र्धन गर्दै सरसफाईमा ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । यो संदेश मात्र भएको भन्दै उहाँले नियमित सरसफाई गर्न सबै संग अनुरोध गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>