चितवन विशेष

डाक्टरको लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेजको उत्कृष्ट नतिजा,९३.१० प्रतिशत उत्तिर्ण

Banner

भरतपुर,जेठ १९-

नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षाको कलेजअनुसारको नतिजा विवरण सार्वजनिक गरेको छ। परीक्षामा चितवन मेडिकल कलेजले उत्कृष्ट नतिजा हाँसिल गरेको छ । चितवन मेडिकल कलेजका ९३.१० प्रतिशत विद्यार्थी डाक्टरको लाइसेन्स परीक्षामा उत्तिर्ण भएका छन । ५८ जनाले परीक्षा दिएकोमा ५४ जना उत्तीर्ण भएका हुन ।

काउन्सिलले जेठ १९ गते सार्वजनिक गरेको विवरण अनुसार समग्रमा एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। काउन्सिलको तथ्यांक अनुसार यसपटकको परीक्षामा उत्कृष्ट उत्तीर्ण प्रतिशतहासिल गर्ने मेडिकल र डेन्टल कलेजहरूको सूची यस्तो छः

एमबीबीएस तर्फका शीर्ष १० कलेजहरू
१. चितवन मेडिकल कलेज : ९३.१० प्रतिशत (५८ मध्ये ५४ उत्तीर्ण)
२. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : ९२.२१ प्रतिशत (७७ मध्ये ७१ उत्तीर्ण)
३. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान : ८९.७७ प्रतिशत (८८ मध्ये ७९ उत्तीर्ण)
४. केयू स्कूल अफ मेडिकल साइन्सेज : ८८.७३ प्रतिशत (७१ मध्ये ६३ उत्तीर्ण)
५. गण्डकी मेडिकल कलेज : ८६.२७ प्रतिशत (५१ मध्ये ४४ उत्तीर्ण)
६. नेपालगञ्ज मेडिकल कलेज : ८५.७१ प्रतिशत (६३ मध्ये ५४ उत्तीर्ण)
७. नेपाल मेडिकल कलेज : ८५.२५ प्रतिशत (६१ मध्ये ५२ उत्तीर्ण)
८. महाराजगञ्ज मेडिकल क्याम्पस : ८३.९३ प्रतिशत (५६ मध्ये ४७ उत्तीर्ण)
९. काठमाडौँ मेडिकल कलेज : ७८.७९ प्रतिशत (६६ मध्ये ५२ उत्तीर्ण)
१०. लुम्बिनी मेडिकल कलेज : ७८.०५ प्रतिशत (८२ मध्ये ६४ उत्तीर्ण)

बीडीएस तर्फका शीर्ष कलेजहरू

१. गण्डकी मेडिकल कलेज : १०० प्रतिशत (१२ जनामा १२ जना नै उत्तीर्ण)
२. नेपाल मेडिकल कलेज : ९७.३७ प्रतिशत (३८ मध्ये ३७ उत्तीर्ण)
३. केयू स्कूल अफ मेडिकल साइन्सेज : ९५.३५ प्रतिशत (४३ मध्ये ४१ उत्तीर्ण)
४. महाराजगञ्ज मेडिकल क्याम्पस : ९५.२४ प्रतिशत (२१ मध्ये २० उत्तीर्ण)
५. काठमाडौँ मेडिकल कलेज : ९२.६८ प्रतिशत (४१ मध्ये ३८ उत्तीर्ण)
६. कलेज अफ मेडिकल साइन्सेज : ९०.३२ प्रतिशत (३१ मध्ये २८ उत्तीर्ण)
७. किष्ट मेडिकल कलेज : ८८.८९ प्रतिशत (१८ मध्ये १६ उत्तीर्ण)
८. चितवन मेडिकल कलेज : ८८.०० प्रतिशत (२५ मध्ये २२ उत्तीर्ण)
९. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान : ८७.१८ प्रतिशत (३९ मध्ये ३४ उत्तीर्ण)
१०. कान्तिपुर डेन्टल कलेज : ८५.३७ प्रतिशत (४१ मध्ये ३५ उत्तीर्ण)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>