चितवन विशेष

चितवनमा दोस्रो बागमती साहित्य महोत्सव सुरु, मुख्यमन्त्री बानियाँद्धारा उद्घाटन

Banner

चितवन, जेठ १६–

चितवनमा दोस्रो संस्करणको बागमती साहित्य महोत्सव–२०८३ सुरु भएको छ ।

नारायणगढस्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित शनिबारदेखि साहित्य महोत्सव सुरु भएको हो । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा सुरु भएको महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समुद्घाटन गरे ।

सो क्रममा बोल्दै मुख्यमन्त्री बानियाँले नेपाली साहित्य विश्वमै समृद्ध र गौरवशाली रहेको उल्लेख गरे । उद्घाटन सत्रमा विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा रचनावाचन, विभिन्न जातजातिको संस्कृति झल्काउने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । थारु समुदायको घैला नाच, नेवारी नृत्य, तामाङ, मगर तथा थारु समुदायका सांस्कृतिक प्रस्तुति र सारङ्गीको मधुर धूनले सहभागीलाई आकर्षित गरेको थियो ।

महोत्सवमा साहित्य, संस्कृति, पर्यटन तथा बागमती सभ्यताको संरक्षण र प्रवर्द्धनसँग सम्बन्धित विभिन्न विषयमा अन्तरक्रिया, छलफल तथा विमर्श कार्यक्रम आयोजना गरिने भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनालले बताउनुभयो ।

बागमती प्रदेशका १३ वटै जिल्लाका साहित्यकार, कलाकार, संस्कृतिकर्मी, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>