चितवन विशेष
रत्ननगरमा पनि अब शनिवार बजार बन्द हुने,सोमबार खुल्लानै रहने
०

रत्ननगर,जेठ १२-
रत्ननगर उद्योग वाणिज्य संघ र विभिन्न वस्तुगत संघहरूको संयुक्त बैठकले अब शनिबार बजार बन्द गर्ने र सोमबार नियमित व्यापार गर्ने निर्णय गरेको छ। विगतमा सोमबार बजार बन्द गर्ने प्रचलनलाई परिवर्तन गर्दै संघले नयाँ निर्णय गरेको हो। नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिइसकेको अवस्थामा सोमबार पनि बन्द गर्दा व्यवसायी तथा उपभोक्तामा अन्योल बढेको भन्दै संघले नयाँ तालिका लागू गर्न लागेको हो।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले सबै व्यवसायीलाई आगामी सोमबारदेखि बजार खुला राख्न र शनिबार सामूहिक रूपमा बन्द गर्न अपिल गर्नुभएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























