राजनीति
एमालेको सरकार अधिनायकवादी भएको ठहर, ‘सडक र सदनबाट भन्डाफोर गर्छौं’
०

काठमाडौं, जेठ १०-
नेकपा एमालेले सरकार अधिनायकवादी भएको ठहर गर्दै सडक र सदनबाट भन्डाफोर गर्ने निर्णय गरेको छ ।
केपी ओलीको निवास गुन्डुमा बसेको आठौं सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
“सुकुम्वासीलाई अमानवीय ढंगले विस्थापित गर्यो,” निर्णय सुनाउँदै उनले भने,“अध्यक्षलाई प्रतिशोध लिनेगरी गिरफ्तार गरियो । प्रधानन्यायाधीशमा वरीयता मिच्यो । प्रधानमन्त्रीबाट संसद्मा राष्ट्रप्रमुखको अपमान गरियो । यो सरकार अधिनायकवादतर्फ अघि बढ्दैछ । आवश्यकताअनुसार सडक र सदनमा भण्डाफोर गर्ने निर्णय भएको छ ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























