राजनीति

ओलीको प्रश्न ‘मलाई कुन विधिबाट हटाउने हो?’

Banner

काठमाडौं, जेठ १०-
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न दबाब आएपछि कुन विधिबाट हटाउने भन्दै प्रश्न सोधेका छन् । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकको सुरुआतमै अध्यक्ष ओलीले नेतृत्वबाट आफूलाई हटाउने प्रक्रिया सोधेका थिए ।

बैठकमा सहभागी एक सदस्यले भने, “पार्टी पुनर्गठनको दबाबमा पर्नुभएका अध्यक्ष ओलीले बैठकको सुरुमै आफूलाई कुन विधिबाट हटाउने हो भनेर सोध्नु भएको थियो ।”

आइतबारको बैठकमा धारणा राख्ने सबै सचिवालय सदस्यले पार्टी पुनर्निर्माण गरेर जानुपर्ने जोड दिएको ती सदस्यले बताए । महाधिवेशनमा उल्लेख्य मत ल्याएर अध्यक्ष बनेका ओली नजिकका नेताहरूले नै पार्टी पुनर्गठनका विषय उठान गरेपछि अल्पमतमा परेका छन् । यसअघि पनि घेराबन्दीमा परेको भन्दै आफ्नो पक्षमा समर्थन जुटाएका अध्यक्ष ओली कुनै हालतमा नेतृत्व नछोड्ने पक्षमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>