राजनीति

योगेशले मागे ओलीको राजीनामा

Banner

काठमाडौं, जेठ ९-

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। जारी सचिवालयको आठौं बैठकमा शनिबार बोल्ने क्रममा उनले अध्यक्ष ओलीबाट अब पार्टी आन्दोलन अघि बढ्न नसक्ने निष्कर्ष सुनाएका हुन्।

‘अध्यक्ष ओली अब तपाईंले राजीनामा दिनुस्, तपाईंबाट पार्टी आन्दोलन अघि बढ्न सक्दैन,’ उनको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले बताए। अध्यक्ष ओलीले पार्टी पुनर्गठनका पक्षमा उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने र निकास दिनुपर्ने धारणा उनले राखेका थिए।

आजको बैठकमा ९ जनाले धारणा राखेका थिए। सचिव महेश बस्नेतबाहेक कसैले पनि अध्यक्ष ओलीको बचाउ नगरेको पदाधिकारीको भनाइ छ। सचिव पद्मा अर्यालले पनि नेतृत्वले सोचेकोजस्तो अवस्था तल नरहेको भन्दै सुधारको खाँचो औंल्याएकी थिइन्। सचिव महेश बस्नेतले संकटपूर्ण अवस्थामा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेर आपराधिक काम नगर्न चेतावनी दिएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area