राजनीति

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

Banner

काठमाडौं, जेठ ४-
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् । सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>