चितवन विशेष
चितवनका श्रेष्ठ र कोइराला कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
०

चितवन, वैशाख २८–
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले १९ जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । कांग्रेसको विधान १०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम १९ जना महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
सभापति थापाले चितवनका उमेश श्रेष्ठ र दिनेश कोइरालालाई सदस्यमा मनोनित गरेका छन् । श्रेष्ठ शेरबहादुर देउवा सभापति हुँदा कांग्रेसको केन्द्रीय कोषाध्यक्ष थिए । उनी पूर्व शिक्षा मन्त्री तथा पूर्व सांसद समेत हुन् । पछिल्लोपटक उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं.२ बाट चुनाव लडेका थिए ।
यस्तै पूर्व केन्द्रीय सदस्य समेत रहेका कोइरालालाई सभापति थापाले पुनः मनोनित गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























