स्वास्थ्य

सरसफाइ सप्ताह अभियान सुरु गर्दै मन्त्री मेहेताले भनिन् : अभियान घर–घरमा चलाऔं

Banner

काठमाडौँ, वैशाख २८ –

आज (सोमबार) देखि देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ ‘सरसफाइ सप्ताह’ सुरु भएको छ ।

सोमबार वीर हस्पिटलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहेताको सहभागितामा सरसफाई कार्यक्रमको औपचारिक उद्घाटन भएको हो ।

उद्घाटनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले हस्पिटलमा मात्र नभएर देशभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ भनेर लागिपरेको जानकारी दिइन् ।

‘यो अभियान एक हप्तासम्म सञ्चालन हुन्छ । हस्पिटलमा मात्र नभएर देशैभर हरेक ठाउँमा आफूबाट सरसफाई सुरु गर्नुपर्छ । घर, बाटो या कार्यालय हरेक स्थानको सरसफाइ कार्यक्रम दिनचर्यामा ल्याउनुपर्छ भनेर लागेको छौं । हामीले सुरुवात चाहीं हस्पिटलबाट गरेको हौं ।’

त्यस्तै उनले वीर हस्पिटलको सरसफाइमा पहिले भन्दा धेरै परिवर्तन पाएको भन्दै अझ धेरै प्रयास गर्ने हस्पिटलको प्रतिबद्धता रहेको बताइन् ।उनले बीमाको विषयलाई पनि जोड्दै बीमा पेचिलो बन्दै गइरहेको र जनतामैत्री कसरी बनाउन सकिन्छ भनेर गहन छलफल गरिरहेका बताइन् ।
सरकारले आजदेखि आगामी जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्न लागेको हो । न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>