चितवन विशेष

चितवनमा ‘मानवताका लागि रक्त अभियान’ सुरु, संयोजकमा पौडेल

Banner

चितवन, वैशाख २७–

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल भावलाई आत्मसात गर्दै आज (आइतबार) चितवनमा ‘मानवताका लागि रक्त अभियान’ औपचारिक रुपमा सुरुवात गरिएको छ ।

भरतपुरमा भएको रक्तदान सम्बन्धी उत्प्रेरणात्मक छलफल कार्यक्रमबाट अभियानको औपचारिक घोषणा गरिएको हो । अभियानको संयोजकमा रक्त अभियन्ता राजेन्द्र प्रसाद पौडेल मनोनीत हुनुभएको छ। कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका संस्थापक अध्यक्ष अर्जुन अधिकारी, अभियान्ता हरिप्रसाद न्यौपाने, डा. भोजराज अधिकारी, डा. प्रतिक न्यौपाने, डा.सृजना भुर्तेल, रक्त अभियान्ता भागिरथ बस्याल, सन्तोष वाग्लेलगायत ४० भन्दा बढी अभियन्ता तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
छलफलका क्रममा देशमा देखिएको रक्त अभावलाई न्यूनीकरण गर्ने, नियमित रक्तदाता वृद्धि गर्ने तथा युवाहरूलाई रक्तदान अभियानमा सक्रिय रूपमा जोड्ने विषयमा विशेष जोड दिइएको थियो।

यस्तै वैशाख ११ गते डा. प्रतिक न्यौपानेको संयोजकत्वमा गठन भएको “रक्तदान शिक्षा” लाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने उद्देश्यसहित भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखासँग सहकार्य गर्न बनेको समितिलाई बैठकले अनुमोदन समेत गरेको थियो।

आगामी दिनमा रक्तदान सम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गर्ने, विभिन्न संघसंस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै नयाँ रक्तदाता वृद्धि गर्ने योजनासहित अभियान अघि बढाइने बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>