तनहुँ
पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो
०

तनहुँ, वैशाख २३ –
पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ ।
मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ ।
सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै
सेती नदीमा रु एक अर्ब सात करोड लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























