अर्थ
आजका लागि सुनको मूल्य २ लाख ९४ हजार ५ सय तोकियो
०

काठमाडौं, वैशाख १६-
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै एक तोला सुन खरिदका लागि ग्राहकले दुई लाख ९४ हजार ५०० रुपैयाँ खर्चिनुपर्नेछ । मंगलबार दुई लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । महासंघले बुधबार चाँदी प्रतितोला चार हजार ९१४ रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन मंगलबार चार हजार ९४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























