नवलपरासी

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले ,चार करोड बढीको क्षति

Banner

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), वैशाख ९ –

पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट रु चार करोड बढीको क्षति भएको छ । आगलागी मङ्गलबार दिउँसो भएको हो ।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् । घरमा रहेका जिन्सी र नगदसहित रु चार करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् । प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको राससलाई बताउनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>