चितवन विशेष

लायन्स नाराययणगढ नारायणीलाई ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’

Banner

चितवन, वैशाख २–

सामाजिक कार्यमा सक्रिय महिलाहरु मात्रै आवद्ध संस्था लायन्स क्लव अफ नारायणगढ नारायणीलाई यसवर्षको ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ बाट सम्मान गरिएको छ । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर नेपालको गैंडाकोटमा सम्पन्न चौथो अधिवेशनको अवसरमा ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ प्रदान गरिएको हो ।

प्रमुख अतिथी पूर्व अन्तर्राष्ट्रिय निर्देशक पीएमजेएफ लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन नवराज सापकोटा, पूर्व गभर्नरहरु, नारायणगढ लायन्स क्लबका अध्यक्ष एमजेएफ लायन सनद कुमार पिया र परिवारका सदस्यहरू एमजेएफ लायन शान्त कुमार पिया, लायन प्रशान्त कुमार पिया, लायन सबल पियाले उक्त अवार्ड प्रदान गरेका हुन् ।
संस्थापक सदस्य स्वर्गीय लायन जीत बहादुर पियाको सम्मानमा परिवारजनले स्थापना गरेको  ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ हरेक वर्ष प्रदान गर्दै आइरहेको छ । वि.सं.२०४७ सालबाट यो अवार्डको सुरुवात गरिएको थियो । डिष्ट्रिक्ट भित्रका उत्कृष्ट क्लवहरुलाई यो अवार्ड प्रदान गर्दै आइरहेको स्वर्गीय जीतबहादुर पियाका छोरा लायन प्रशान्त कुमार पियाले जानकारी दिए ।

अघिल्ला केहि वर्ष विविध कारणले सो अवार्ड वितरण रोकिएकोमा लायन वर्ष २०२२–२०२३ लायन्स डिष्ट्रिक्ट ३२५ आर नेपालका गभर्नर पीएमजेएफ लायन सिद्धार्थ लाल चुकेको कार्यकालबाट पुनः अवार्ड वितरण सुचारू गरिएको थियो । यस वर्ष लायन २०२५–२०२६ मा सो अवार्ड लायन्स क्लब अफ नारायणगढ नारायणीलाई समाजको लागि गरिएका राम्रा कामहरूको मुल्याङ्कनमाको आधारमा ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ र सम्मान पत्र प्रदान गरिएको हो ।

नेपालमा लायन्सको ईतिहासमा नारायणगढ लायन्स क्लब एउटा ऐतिहासिक नाम हो । नेपालमा लायन्स क्लबको यो १३ औं पुरानो क्लब र हाल लायन डिष्ट्रिक्ट ३२५ आर नेपालको दोश्रो पुरानो अर्थात् ४५ औं वर्षदेखी समाजसेवा, ब्यवसायिक तालिम दिदै आईरहेको क्लब हो ।

पश्चिम नेपालमा लायनवादको ढोका खोलेको क्लब नारायणगढ लायन्स क्लबले नेपालको विभिन्न स्थानहरूमा हाल सम्म २१ वटा लायन्स क्लबहरू १ वटा लियो क्लबको स्थापना गरिसकेको छ । सन् १९८२ मा स्थापना गर्ने संस्थापकहरू मध्य एक थिए संस्थापक सदस्य स्व. लायन जीत बहादुर पिया । उहॅाको २०४५ सालमा दिवङ्गत पश्च्यात उहॅाका पुत्र द्वय एमजेएफ लायन शान्त कुमार पिया, लायन प्रशान्त कुमार पिया र सम्पूर्ण परिवारले आफ्नो पिताको नामबाट लायन वर्ष १९८८–१९८९ का तात्कालिन डिष्ट्रिक गभर्नर स्व.लायन एम.एस पन्थी कार्यकालमा लायन डिष्ट्रिक अन्तरगतका लायनबादको हामी सेवा गर्छौ भन्ने मुल नारालाई आत्मासात गर्दै समाज सेवा गर्नु हुने लायन्स क्लबहरूको हौसला मनोबल अझै उच्च होस भन्ने मनसायले ‘लायन जीत बहादुर पिया बेष्ट क्लब अवार्ड’ को सुरूवात गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>