देश/प्रदेश

ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरबाट ३७० बढी लाभान्वित

Banner

बाजुरा, चैत ३०-

बाजुरा जिल्लाका ४ वटा स्थानीय तहका ४ वटा स्थानमा सञ्चालन गरिएको ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा करिब ३७० जना भन्दा बढी लाभान्वित भएका छन् ।

जिल्ला अस्पताल बाजुरा, स्वास्थ्य कार्यालय बाजुरा र स्थानीय तहका स्वास्थ्य शाखाको पहलमा स्वास्थ्य कार्यालय बाजुराद्वारा आयोजित उक्त शिविरबाट ३७० बढी ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

शिविर त्रिवेणी,बुढीगंगा,खप्तड छेडेदह र गौमुल गाउँपालिकामा सञ्चालन गरिएको हो । चैत्र २६ देखि २९ गते सम्म सञ्चालित शिविरमा मधुमेह, रक्तचाप,पल्सको जाँच गरिएको हो । साथै लक्षणको आधारमा अन्य रोगको अवस्था पहिचान गरी औषधि वितरण र परामर्श सेवा प्रदान गरिएको हो ।

जटिल रोगका बिरामीको लागि थप जाँच र व्यवस्थापनको लागि प्रेषण पनि गरिएको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्यौपानेले जानकारी दिए । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाबारे परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविर प्रभावकारी समेत बनेको उनको भनाई छ ।

ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित यो शिविर सञ्चालन गरिएको हो।स्थानीयवासीले निःशुल्क स्वास्थ्य सेवा गाउँमा पाउँदा खुसी समेत भएका छन्।आगामी दिनमा बाँकी अन्य पालिकामा शिविर सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>