चितवन विशेष

चितवनको सफलतापछि काठमाडौँको बौद्धमा खुल्यो ‘क्लियर भिजन अप्टिकल’

०
Banner

चितवन, वैशाख ४–

चितवनको भरतपुर महानगरपालिका–१० चौविसकोठीमा सात वर्ष अघि युवा व्यवसायी अली अन्सारीले चश्मा पसल ‘क्लियर भिजन अप्टिकल’ संचालनमा ल्याएका थिए । त्यतिबेला सानो पसलबाट व्यवसायी सुरु गरेका अन्सारी अहिले यो व्यवसायलाई वृहत बनाउन सफल भएका छन् ।

चितवनका विभिन्न ठाउँहरुमा शाखा विस्तार गर्दै आइरहेका अलीले यहाँको सफलता पछि ‘क्लियर भिजन अप्टिकल’ लाई काठमाडौँसम्म विस्तार गर्न सफल भएका छन् । उनले हालै काठमाडौँको बौद्धमा ‘क्लियर भिजन अप्टिकल’ शाखा संचालनमा ल्याएका छन् । ‘चितवनमा व्यवसाय राम्रो हुँदै गएपछि काठमाडौँका ग्राहकलाई ध्यानमा राखेर बौद्धमा शाखा संचालनमा ल्याउन सफल भएका छौं’–युवा व्यवसायी अलीले भने ।

‘क्लियर भिजन अप्टिकल’ले अनलाइनबाट पनि उल्लेखीय मात्रामा चश्मा विक्री गर्दै आइरहेका छन् । काठमाडौँमा अनलाइनबाट डिमाण्ड उच्च भएपछि बौद्धमै शाखा विस्तार गरिएको अलीले बताए । उनका अनुसार ‘क्लियर भिजन अप्टिकल’को एउटै शाखामा दैनिक करिव एक सय जना ग्राहकले सेवा लिने गरेका छन् । ‘क्लियर भिजन अप्टिकल’ को हाल चितवनमा मुख्य केन्द्र चौविसकोठीसंगै भरतपुरको केन्द्रीय बस टर्मिनल चोक, सांघाइ प्लाजा चौविसकोठी र नारायणगढको शहिद चोकमा गरी ४ वटा शाखा छन् । यहाँ आउने सेवा ग्राहीले निःशुल्क आँखा जाँच समेत गराउन पाउँछन् ।

‘क्लियर भिजन अप्टिकल’ ले हाल २० जना भन्दा बढी युवाहरुलाई रोजगारी समेत दिएको छ । यसबाट युरोप, अष्ट्रेलिया, अमेरिकालगायतका देशहरुमा समेत चश्मा विक्रीका लागि पठाउने गरिएको छ । ‘क्लियर भिजन अप्टिकल’ले चितवनमा आफ्नो बेग्लै पहिचान बनाएको छ । पसलको सजावटदेखि पसलको होर्डिङसम्म उनको छुट्टै आकर्षणको कन्द्र बनाएको छ । पछिल्लो समय उनले बनाउने होर्डिङ बोर्ड जस्तै अन्य पसलहरुले राख्न थालेपछि सेवाग्राही झुक्किने गरेकोमा अलीले चिन्ता प्रकट गरे ।

‘हामीले चितवनमा पसल सुरु गर्दा फरक तवरले मार्केटिङ गर्‍यौं, अहिले कपीपेस्ट हुन थालेपछि ग्राहक झुक्किन थाल्नु भएको छ, हामी आधिकारिकता हेरेर ‘क्लियर भिजन अप्टिकल’मा पाल्नुहुन अनुरोध गर्दछौं’–अलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>