अर्थ

प्रधानमन्त्री बालेनसँग राष्ट्र बैंकका गभर्नरको भेट

Banner

काठमाडौं,चैत १७-

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलबिच भेटवार्ता भएको छ । सोमबार गभर्नर पौडेलले प्रधानमन्त्री शाहसँग मन्त्रालयमा भेट गरेको गभर्नरका स्वकीय सचिव शरण कुमार अधिकारीले जानकारी दिए ।

‘गभर्नरज्यूले सम्माननीयज्यूसँग हिजो बिहानै प्रधानमन्त्री कार्यालयमा गएर भेट गर्नुभएको हो,’ उनले भने, ‘यो पहिलो शिष्टाचार भेट हो, के के कुरा भयो चाहिँ थाहा भएन ।’ तर, उक्त भेटमा प्रधानमन्त्री बालेनले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्यादेखि रेमिट्यान्स आप्रवाह र बाह्य क्षेत्र अवस्थाबारे चासो राखेको राष्ट्र बैंक स्रोतले जनाएको छ । त्यस्तै, राष्ट्र बैंकले गर्नुपर्ने काममा भएका अप्ठ्यारा र त्यसमा सरकारले गर्नुपर्ने सहजीकरणको बारेमा समेत बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>