चितवन विशेष

चितवनमा खुल्यो १८डी सिनेमा, एडभेन्चरको नयाँ आयाम

Banner

चितवन, चैत १३–

चितवनमा पहिलोपटक १८डी सिनेमा संचालनमा आएको छ ।

शुक्रबार नायक प्रदीप खड्काले १८डी सिनेमाको औपचारिक रुपमा समुद्घाटन गरे । सो क्रममा बोल्दै नायक खड्काले १८डी सिनेमाले नयाँ अनुभूति दिएको भन्दै यसले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने बताए । उनले सिनेमा देखाइने दृश्यमा अब नेपालकै रोमाञ्चक ठाउँलाई प्रस्तुत गर्न सके नेपालको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्‍याउन सकिने बताए ।

१८डी सिनेमाको संचालक संस्था फ्लाई ओभर इन्टरटेनमेन्टका अध्यक्ष राम थापाले पर्यटकीय र धार्मिक स्थलको संगम रहेको चितवनमा १८डी सिनेमाले नयाँ एडभेन्चर थप गरेको बताए । उच्च प्रविधि र सिर्जनात्मक कथालाई संयोजन गर्दै नेपाली दर्शकलाई नयाँ किसिमको मनोरञ्जन अनुभव प्रदान गर्नु नै १८डी सिनेमाको उद्देश्य रहेको अध्यक्ष थापाले बताए ।

भरतपुर–१०, स्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा संचालनमा आएको यस १८डी सिनेमामा १० देखि ३० मिनेटसम्मको रोमाञ्चक, ३६० डिग्री दृश्य प्रभाव चारैतिरबाट देखिन्छ भने चल्ने सिट, कम्पन र यथार्थ अनुभव, हावा, आवाज र वातावरणीय प्रभाव, हिमपातको वास्तविक अनुभव, पानीको छिटा र यथार्थ अनुभूति, कुनै चश्मा वा हेडसेट बिना नै प्रत्यक्ष अनुभूति, सबै उमेर समूहका लागि उपयुक्त नै यसको विशेषता रहेको छ ।

१८डी सिनेमामा १७ वटा फरक फरक सिनेमेटिक वल्र्डमा प्रवेश गर्न सकिन्छ ।

यो १८डी सिनेमा एक पटकमा ८ जना दर्शकले हेर्न सक्ने छन् । यसको टिकट मूल्य प्रतिव्यक्ति ३ सय रुपैयाँ तोकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>