चितवन विशेष
नारायणगढ लायन्स क्लवको अध्यक्षमा सुवोध श्रेष्ठ चयन

चितवन, चैत १२–
चितवनको पुरानो नारायणगढ लायन्स क्लवको नयाँ नेतृत्व चयन गरिएको छ । क्लवको नारायणगढमा भएको वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुवोध श्रेष्ठको नेतृत्वमा लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।
नयाँ कार्यसमितिको निवर्तमान अध्यक्षमा सनद कुमार पिया, प्रथम उपाध्यक्षमा राजु पिया, द्धितिय उपाध्यक्षमा प्रशन्न कुमार जोशी, तृतीय उपाध्यक्षमा उमेश पिया, सचिवमा विधान श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्र श्रेष्ठ, सह–सचिवमा प्रशान्त कुमार पिया र सह–कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरि मेम्बरसीप चेयरपर्शनमा शान्त कुमार पिया, सर्भिस चेयरपर्सनमा निरज कुमार श्रेष्ठ, एलसीआईएफ को–अर्डिनेटरमा कृष्णराज धरेल, मार्केटिङ चेयरपर्सनमा जयराम श्रेष्ठलाई चयन गरिएको छ । क्लवको निर्देशकहरुमा प्रेम कुमार श्रेष्ठ, सिद्ध कुमार श्रेष्ठ, बामदेव खनाल र उद्योग कुमार पिया चयन गरिएको क्लवका संस्थापक सचिव, पूर्व गर्भनर एवं निर्वाचन समितिका संयोजक प्रभात कुमार जोशीले जानकारी दिए ।
कार्यक्रम क्लवका वर्ष २०२५–२६ का अध्यक्ष सनद कुमार पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




























