अर्थ
सुनको मूल्य घट्ने क्रम जारी,चाँदीको मूल्य भने ८० रुपैयाँले बढ्यो
०

काठमाडौं,चैत १० –
स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो । चाँदी भने तोलामा रु ८० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको छ ।
सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























