चितवन विशेष

कसरा पर्यटन व्यवसायी समितिको रक्तदान: १२६ जनाले गरे रक्तदान

Banner

चितवन, चैत ७-
रगत अभावलाइ ध्यानमा राख्दै कसरा पर्यटन व्यवसायी समितिले आज (शनिबार) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिका-२२ पटिहानीस्थित अम्ब्रेला स्ट्रीट परिसरमा आयोजित कार्यक्रममा २६ जना महिलासहित १२६ जनाले रक्तदान गरेको समितिका सचिब केशव ढकालले जानकारी दिए । झरीका बाबजुद पनि उल्लेख्य रक्तदाता उपस्थित भएका थिए ।


रक्तदान कार्यक्रमको भरतपुर-२२ का वडा अध्यक्ष विषनुराज महतोले समुद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथी महतोले अहिले रगतको चरम अभाव भइरहेको बेला पर्यटन व्यवसायीहरुले रक्तदान कार्यक्रम गरेर मानवीय सेवा गर्नु प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।


दुई वर्ष अघि स्थापना भएको कसरा पर्यटन व्यवसायी समितिले तेस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरेको हो । चितवनमा अहिले दैनिक १५० देखि २०० पिन्टसम्म रगतको माग छ । नेपाल रेडक्रस सोसाइटी, पटिहानी उपशाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम समितिका अध्यक्ष सन्जीव दास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>