अर्थ
घट्यो सुनचाँदीको मूल्य
०

काठमाडौं, फागुन २८-
नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।
आजको मूल्यअनुसार सुन एक तोलाबराबर तीन लाख १७ हजार रुपैयाँ पर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १९ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको भाउ तोलामा २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























