अर्थ
तोलामा दुई हजारले बढ्यो सुन
०

काठमाडौं, फागुन २७-
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २ हजारले बढेको हो ।
यस दिन उपभोक्ताले एक तोला सुन किन्न तीन लाख १९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । अघिल्लो दिन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, चाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनमा पाँच हजार ७२० रुपैयाँमा कारोबार भएकामा आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























