अर्थ

सुन मूल्य तोलामा रु तीन हजार ५०० बढ्यो ,कतिमा हुदैँछ कारोबार ?

Banner

काठमाडौँ, फागुन २४ –

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ४४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>