राजनीति

पार्टी प्रवेश नगरी गगनसँग फोटो खिचेर निस्किए मिराज

Banner

काठमाडौं, फागुन १८-

जेनजी अभियन्ता मिराज ढुंगानाले आफू नेपाली कांग्रेसमा प्रवेश नगरेको स्पष्ट पारेका छन्। सर्लाही क्षेत्र नम्बर(४ मा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाबाट पार्टी प्रवेश गर्ने चर्चा चलिरहँदा मिराजले भने आफू केवल समर्थन जनाउन मात्र त्यहाँ पुगेको बताएका हुन्।

सोमबार सर्लाहीमा कांग्रेस सभापति थापासँग मञ्चमा तस्बिर खिचाएर बाहिरिएका मिराजले नागरिक न्युजसँग कुराकानी गर्दै पार्टी प्रवेश गर्ने आफ्नो कुनै मनसाय नरहेको प्रस्ट्याए।
‘म पार्टी प्रवेश गर्न गएको होइन, गगन दाइ र कांग्रेसलाई समर्थन जनाउन मात्र गएको हुँ,’ मिराजले भने, ‘अहिले नै कुनै दलको सदस्यता लिएर राजनीतिमा होमिनु भन्दा पनि विचार मिल्ने शक्तिलाई सघाउने मेरो योजना हो।’

मिराजले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई किन समर्थन गरेनन् भन्नेबारे पनि खुलेर धारणा राखे। उनले रास्वपाप्रति टिप्पणी गर्दै राजनीतिक चेत र पृष्ठभूमि नभएका मानिसहरूको भीडले देश बनाउन नसक्ने दाबी गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>