राजनीति
‘नेतृत्व सुधारेको काङ्ग्रेसले देशलाई पनि विकासको पथमा अघि बढाउँछ’
०

दमौली (तनहुँ), फागुन १६-
नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले नेतृत्व नै परिवर्तन गरेको काङ्ग्रेसले देशलाई पनि सुधारेर विकास–निर्माणको नयाँ दिशामा अगाडि बढाउने बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको कोणसभामा उहाँले काङ्ग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडी बढाउने जिम्मेवारी अब काङ्ग्रेसले लिने बताउनुभयो ।
प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश पछौटेपनको सिकार भएको चर्चा गर्नुुहुँदै राजनीतिक स्थायित्व आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको विकासका लागि काङ्ग्रेसले धेरै योगदान गरेको छ । अब देशलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व पनि काङ्ग्रेसले गर्नेछ ।” रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























