राजनीति
नवयुवाको आकांक्षा सम्बोधन गर्न नेकपाले निर्वाचनमा विजय हासिल गर्नुपर्छः कृष्णबहादुर महरा
०

काठमाडौँ, फागुन १६-
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरुको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गर्नुभएको छ ।
शनिवार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको पनि बताउनु भयो ।
नेता महराले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरुले नेतृत्वदायी भुमिका निर्वाह गरेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























