राजनीति

नेकपा निर्वाचनपछि मुलुकको निर्णायक शक्ति बन्छः वर्षमान पुन

Banner

काठमाडौँ,फागुन १६ –

नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुनले आगामी निर्वाचनपछि आफ्नो पार्टीको पहिलो राजनीतिक शक्ति बन्ने हैसियत रहेको बताउनुभएको छ ।

शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले मुलुकलाईं नेतृत्व दिन सक्ने नेता र एजेण्डा आफ्नो पार्टीसँग मात्रै रहेको दाबी समेत गर्नुभयो । रोल्पाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका पुनले मुलुकको राष्ट्रियता, समृद्धि र सबै खालका समस्याहरुलाई सम्बोधन गर्ने सामथ्र्य पनि आफ्नो पार्टीले मात्रै राख्ने जिकिर गर्नुभयो । निर्वाचनपछि आफ्नो पार्टी मुलुकको निर्णायक शक्ति बन्ने र जेन–जीको सकारात्मक मागहरुलाई आफूहरुले सम्बोधन गर्ने आश्वासन समेत उहाँले दिनुभयो ।

नेता पुनले रोल्पामा आफ्नो पार्टीले सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै अव समृद्धिको नयाँ मोडेलको रुपमा विकास गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>