कालिका

कालिकामा मिना खरेलको घरदैलोः स्थानीयको व्यापक उपस्थिति, रुख बनाएर गरे भव्य स्वागत

०
Banner

चितवन, फागुन १२–

प्रतिनिधिसभा निर्वाचन चितवन क्षेत्र नं.२ की नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेल मंगलबार कालिका नगरपालिकामा घरदैलो गरेकी छन् । घरदैलोका क्रममा उनको पक्षमा माहोल देखिएको छ । घरदैलो अभियानमा देखिएको व्यापक उपस्थितिले उम्मेदवार खरेल उत्साहित बनेकी छन् ।

कालिकाको ८, ९, १० र ११ वडामा गरिएको घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाको भव्य उपस्थितिले अभियानलाई थप ऊर्जा दिएको थियो । घरदैलो अभियानमा उत्साहजन उपस्थितिले त्यहाँको माहोल आमसभा गरेको भन्दा कम थिएन ।
समर्थकहरूले बिहानैदेखी लामो लाईनमा बसी बाजागाजा सहित नाचगान गरी हजारौंको संख्यामा सडकमै रुख चिन्हको रङ्गोली बनाएर मीना खरेललाई भव्य स्वागत गरेका थिए ।

यतिबेला खरेलप्रति देखिएको समर्थन र कांग्रेस कार्यकर्ताहरूको उत्साहले चुनावी सरगर्मी थप रोचक बनेको छ। घरदैलो अभियानमा कांग्रेसमा छुट्टै उत्साह र उमङ्ग छाएको नेताहरुले बताएका छन्।

उम्मेदवार खरेल आफ्ना एजेण्डा लिएर निरन्तर मतदाताको घरदैलोमा सकृय छन् । उनले चितवन २ का विभिन्न वडा, विभिन्न टोल, विभिन्न गाउँ र घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेकी छन्। घरदैलोको अभियानमा स्थानियबासीहरुले महिला स्वास्थ्य, शिक्षा, रोजगारी र अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकी नेतृका रूपमा खरेललाई प्रस्तुत गर्दै महिलाको प्रतिनिधित्व सुदृढ बनाउन उनको विजय आवश्यक रहेको बताएका छन् ।

उम्मेदवार खरेलले आफू सधैं महिला, बालबालिका, विपन्न तथा सीमान्तकृत समुदायको पक्षमा काम गर्दै आएको उल्लेख गर्दै जनताको विश्वासलाई सधैं सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘नागरिकको आवाज संसदमा मजबुत रूपमा उठाउन, कानुन निर्मार्ण गर्न मैले उम्मेद्वारी दिएकी हुँ’ उनले भनिन्।

‘मतदाताहरूबाट यति धेरै माया र साथ पाएको छु। यही माया र साथले गर्दा नै मैले विजयी भएको अनुभूति समेत गरेकी छु’ खरेलले थपिन् “जनताको विश्वास नै मेरो शक्ति हो, कालिकाको समग्र विकासका लागि म प्रतिबद्ध छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>