राजनीति
विधिको शासन स्थापनाका निम्ति लागिपर्ने सभापति लामिछानेको अठोट
०

भद्रपुर (झापा), फागुन १२ –
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रुपमा उठान गर्नुभएको छ ।
चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरुप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट गर्नुभयो ।
जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको अध्यक्ष लामिछानेले बताउनुभयो ।
संसदीय अभ्यासलाई जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिँदै उहाँले जनचाहनाअनुरुप काम गर्न नसक्ने नेतृत्वलाई जनताले मतका माध्यमबाट निर्णय गर्ने बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























