चितवन विशेष

माडीमा हालसम्मकै ठूलो रक्तदान कार्यक्रमको तयारी, मोबाइलदेखि साइकलसम्म उपहार

Banner

चितवन, फागुन ५–

भूपराज पाठक स्मृति प्रतिष्ठानले दिवंगत युवा सञ्चारकर्मी, शिक्षक तथा हाँस्यकलाकार भूपराज पाठकको प्रथम स्मृति पारेर माडीमा हालसम्मकै ठूलो रक्तदान कार्यक्रमको तयारी थालेको छ ।

यही फागुन ७ गते बिहीबार बिहान ७ बजेदेखि बसन्तपुर बजारमा हालसम्मकै बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष विपिन पाठकका अनुसार प्रथम स्मृति दिवसमा वृहत रक्तदान कार्यक्रमसंगै भूपराज पाठक स्मृतिग्रन्थ विमोचन, भूपराज पाठक स्मृति प्रतिभा पुरस्कार तथा भूपराज पाठक स्मृति असल शिक्षक पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ।
यस्तै माडीमा रक्तदाताहरुलाई उत्प्रेरित गर्ने उदेश्यले एनड्रोइड मोबाइल, साइकल, भित्तेघडी, होलबडी जाँचको १० थान टिकट तथा अन्य थुप्रै उपहारको व्यवस्था गरिएको रक्तदान कार्यक्रम संयोजक रक्त अभियन्ता हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
माडीको दिवाकर स्मृति माध्यमिक विद्यालयमा स्थायी शिक्षकका रूपमा कार्यरत रहनुभएका पाठक नेपाल पत्रकार महासंघ चितवनका पूर्व सदस्य, नगर अपांग उत्थान समन्वय समिति माडीका उपाध्यक्ष तथा रेडियो माडीका सक्रिय सञ्चारकर्मी समेत हुनुहुन्थ्यो। दक्षिण एसियामै पहिलोपटक ब्रेल लिपीमा समाचार वाचन गर्ने पत्रकारका रूपमा परिचित पाठक हाँस्य कलाकार तथा लोकदोहोरी गायकका रूपमा समेत बहुमुखी प्रतिभायुक्त व्यक्तित्व हुनुहुन्थ्यो।

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा उहाँको २०८१ फागुन ७ गते बिहान ७ः३० बजे निधन भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>