चितवन विशेष

भरतपुर विमानस्थल अगाडि खुल्यो जस्मीन पेन्ट्सको शोरुम

Banner

चितवन, पुस २९–

जस्मीन पेन्ट्सले आफ्नो नयाँ शोरुम चितवनमा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१०, स्थित भरतपुर विमानस्थल अगाडि जस्मीनले नयाँ शोरुम संचालन ल्याएको हो ।

ग्राहकहरुको सहजताका लागि चितवनमा नयाँ शोरुम संचालनमा ल्याइएको जस्मीन पेन्ट्सका प्रवन्ध निर्देशक लक्ष्मण अर्यालले जानकारी दिए । ‘यो शोरुम संचालनले ग्राहकहरुलाई धेरै सहजता हुनेमा विश्वस्त छौं, अन्य जिल्लाहरुमा पनि सहजताका लागि शोरुम संचालन गरिरहेका छौं’–अर्यालले भने ।

शोरुमको भरतपुर महानगरपालिका वडा नं.१० का वडा अध्यक्ष परमेश्वर खनालले समुद्घाटन गरेका थिए । सो क्रममा बोल्दै उनले चितवनमै उद्योग रहेको कम्पनीले ग्राहकको सहजताका लागि भरतपुरको मुख्य ठाउँमा शोरुम संचालन ल्याउनु सकरात्मक कदम भएको बताए । उनले यसबाट ग्राहकहरुले सहुलियत दरमा गुणस्तरीय सेवा पाउनेमा विश्वास व्यक्त गरे ।

भरतपुरमै उद्योग रहेको पेन्ट्सले नेपाली बजारमा आफ्नो छुट्टै छाप छाड्न सफल भएको छ । पेन्ट्सले ग्राहकहरुका लागि विभिन्न समयमा अफरहरु समेत ल्याउँदै आएको छ । जगदम्बा ग्रुप अफ कम्पनिज अन्तरगत रहेको जस्मीन पेन्ट्सले रंगरोगनका लागि चाहिने सबै सामग्री उत्पादन गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>