अन्तर्राष्ट्रिय
इटालीका कप्तान वेन म्याड्सेन घाइते, टी-२० विश्वकपको पहिलो खेलमै मैदान बाहिर
०

काठमाडौं , माघ २६ –
इटालीका कप्तान वेन म्याड्सेन स्कटल्यान्डविरुद्धको टी-२० विश्वकपको पहिलो खेलमै काँध खुस्किएर घाइते भएका छन् । कोलकाताको इडन गार्डेन्समा फिल्डिङ गर्ने क्रममा उनी चोटग्रस्त बनेका हुन् ।
४२ वर्षीय म्याड्सेन तत्काल उपचारका लागि मैदानबाट बाहिरिएका छन् । उनको एक्स-रे गरिएको छ । चोटको गम्भीरताअनुसार निको हुन केही हप्ता लाग्न सक्ने अनुमान गरिएको छ ।
म्याड्सेनको अनुपस्थितिमा बाँकी इनिङ्समा ह्यारी मानेन्टीले इटालीको कप्तानी सम्हालेका छन् । इटालीले फेब्रुअरी १२ मा मुम्बईमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























