Breaking News
फेरी दुइ लाख ९५ हजार २०० मा झर्यो सुनको मूल्य
०

काठमाडौं, माघ २२-
नेपाली बजारमा सुनको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो । यससँगै आजको मूल्य प्रतितोला दुइ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ । हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























