चितवन विशेष
विपन्न विधार्थीलाइ नव चितवन साकोसले बाड्यो न्यानो कपडा

चितवन, पुस १८-
नव चितवन साकोसले २६ औँ वार्षिक उत्सवको अवसरमा विपन्न विधार्थीहरुलाइ न्यानो कपडा वितरण गरेको छ ।
सामाजिक तथा सामुदायिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नव चितवन साकोसले कालिका नगरपालिका-१ स्थित राष्ट्रिय आधारभूत विद्यालय गडुवाका नर्सरीदेखि कक्षा पाँचसम्मका चेपाङ, भोटे, तामाङ लगायतका विपन्न वर्गका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको व्यवस्थापक उदयबाबु बरालले जानकारी दिए ।
कालिका नगरपालिका-१ का वडा अध्यक्ष सन्तवीर स्याङताङ्को प्रमुख आतिथ्यता तथा साकोसका अध्यक्ष कृष्ण विलास अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा साकोसका सल्लाहकार टंकप्रसाद पौडेल, एकनारायण सापकोटा, उपाध्यक्ष अरुणेश्वर खनाल,
सचिव विश्वराज लम्साल, कोषाध्यक्ष पारसश्वर शर्मा सदस्यहरु शिव तिमल्सिना, काशीराम वाग्ले, विन्दु खनाल सापकोटा, सुशील राणा, दिवा ज्ञावली आचार्य, लेखा समिति सदस्य एकनारायण शर्मा, बिमला शर्मा लम्साल, ऋण उपसमिति संयोजक रणबहादुर खत्री, ऋण उपसमिति सदस्य धुर्वा ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।


























