चितवन विशेष
दिव्यज्योति जुनेली आमा समूहको भवन समुद्घाटन

चितवन, पुस १५–
ल्होसारको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर २६ ज्योतीनगरमा निर्माण गरिएको दिव्यज्योती जुनेली गुरुङ् आमा समूहको भवन उद्घाटन गरिएको छ ।
प्रदेश सरकार, भरतपुर महानगरपालिका र स्थानीयको सहयोगमा निर्माण गरिएको भवनको आज (मंगलबार) प्रदेश सभा सदस्य गीता गुरुङ्ले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।
आमा समूहले खरिद गरेको जग्गामा रु १ करोड बढिको खर्चमा भवन निर्माण गरिएको हो । दुई कठ्ठामा बनेको भवनको उद्घाटन गर्दै उहाँले हरेक समुदायको धर्म संस्कृतिको रक्षामा सबै एक हुन आवश्यक रहेको बताउनुभयो । समूहले वि.सं. २०५१ सालमा खरिद गरेको जग्गामा भवन निर्माण गरिएको हो ।
समाजकी अध्यक्ष श्रीमायाँ गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २६ की वडा सदस्य साबित्रि कोईराला ढकाल, नेपाल प्रेस युनियन चितवनका कार्यवहाक अध्यक्ष प्रस्ताब सुबेदी, सूनबहादुर गुरुङ्, दलबहादुर गुरुङ लगाएले बोल्नुभएको थियो ।
























