खेलकुद
इन्डो–नेपाल टी–२० च्याम्पियनसिपमा तृतराज दासले बनाए शतक

चितवन, पुस ६–
चितवनको भरतपुरमा जारी इन्डो–नेपाल टी–२० च्याम्पियनसिप–२०२५ मा पहिलो सतक प्रहार भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको पाँचौँ खेलमा त्रिभुवन आर्मी क्लबका ब्याटर तृतराज दासले अविजिति शतक प्रहार गरेका हुन् । उनले दिल्ली वन्डर्स क्लब, दिल्ली विरुद्धको खेलमा ५१ बलमा शानदार शतक प्रहार गरेका हुन् । दासले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्दै इतिहास रचेका छन्।
उनको आक्रामक र आत्मविश्वासपूर्ण ब्याटिङले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनुका साथै प्रतियोगिताको रोमाञ्चकता थप बढाएको छ। महत्वपूर्ण पाँचौँ खेलमा आएको यो शतकले त्रिभुवन आर्मी क्लबलाई मजबुत स्थितिमा पु¥याएको छ।
दासको शतकसंगै आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले ४४, इमरान शेखले ३६ र अर्जुन साउदले २१ रन बनाए । भीम सार्कीले अविजित ४ रन बनाए भने बसिर अहमद १ र नरेन साउद शून्यमै आउट भए ।
दिल्लीका दुश्यान्त राघभले ३ र कुशागरा शर्माले एक विकेट लिए ।
























