खेलकुद

चितवनमा शनिवार “स्टुडेन्ट अफ द ईयर” अडिसन हुने

Banner

चितवन, मंसिर २५-

चितवनमा “स्टुडेन्ट अफ द ईयर” को अडिसन नारायणी नमुना माध्यमिक विद्यालयमा हुने भएको छ । विद्यार्थीको प्रतिभा खोजि गर्ने उद्देश्यले चितवन आसपासका जिल्लालाई लक्षित गरी मंसिर २७ गते शनिवार अडिसन गर्न लागिएको आयोजकले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

ग्लोभल इनोभेसनको आयोजनामा गर्न लागिएको कार्यक्रममा विद्यार्थीले आफ्नो जुन सुकै प्रतिभा प्रस्फुटन गर्न पाउने छन् । देशका १२ शहरबाट अडिसन मार्फत पहिलो चरणमा २ सय जना छनोट गरिने कार्यक्रमका जर्ज आरिफ अलीले जानकारी दिए । दोस्रो चरणमा टप ४०, तेस्रो चरणमा टप १० छनोट गरिने छ । त्यसपछि ग्रान्ड फिनालेमा ४ जना छनोट गरिने उनले बताए । आयोजकले विर्तामोड, विराटनगर, धरान, पोखरामा अडिसन लिइसकेको छ । भक्तपुर, ललितपुर, काठमाडौँ, धनगढी र बुटवलमा अडिसन बाँकी रहेको लगानी कर्ता विश्वास घिमिरेले जानकारी दिए । यस प्लेटफर्मले कला, संस्कृति र प्रदर्शन क्षेत्रमा विद्यार्थीको यात्रा सुरु गर्न उच्च स्तरको प्लेटफर्म बन्ने उनले बताए ।

स्टुडेन्ट अफ द ईयरमा कक्षा ८ देखि १२ पढ्ने विद्यार्थी अथवा १३ देखि २१ वर्ष उमेर समुहले सहभागिता जनाउन पाउनेछन् । सहभागिता जनाउनका लागि एक हजार रुपैयाँ लाग्नेछ । विद्यार्थीले ३ मिनेट भित्र आफ्नो प्रतिभा देखाउनुपर्ने छ ।

पहिलो शो डिसेम्बर १९मा हिमालयन टिभि मार्फत प्रशारण गरिने छ । यो शो हरेक शुक्रबार र शनिवार प्रशारण हुनेछ । अरिफ अली निर्णायक रहने कार्यक्रममा प्रोड्युसर डी. सापकोटा, को पोडुसर विश्वाश घिमिरे र डाइरेक्टर इमरान अलीको उपस्थित रहनेछ । रेखा थापा र इवागिरी जोडिएका छन् । विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>