चितवन विशेष

नारायणगढ जेसीजको अध्यक्षमा सन्तोष पण्डित निर्वाचित

Banner

चितवन, मंसिर १७-
नारायणगढ जेसीजको अध्यक्षमा सिनेटर जेसी सन्तोष पण्डित निर्वाचित भएका छन् ।
जेसीज सचिवालयमा भएको चौथो साधारणसभा तथा ४८औं शाखा अधिवेशनबाट पण्डित ४३ मतका साथ निर्वाचित भएका हुन् । अध्यक्षमा पराजित विनोद पन्तले ३९ मत प्राप्त गरेका थिए । अन्य पदमा भने सर्वसम्मत चयन गरिएको हो । जेसीजले हालै गरेको `जेसीज सप्ताह´लाई भव्यरुपमा सम्पन्न गर्न पन्डितले महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
यस्तै नारायणगढ जेसीजको कार्यकारिणी उपाध्यक्षमा जेसी प्रदीप पौडेल र जेसी सन्जिव पौडेल चयन भएका छन् ।

 

त्यस्तै उपाध्यक्षहरुमा जेसी निसान हमाल, सुरज पन्डित, इ.अश्विन पौडेल, सुशील सापकोटा चयन भएको निर्वाचन समितिका मनोनयन प्रमुख सिनेटर राजेन्द्र भट्टराईले जानकारी दिए ।
यसैगरी निर्देशकमा जेसी गणेश पान्डे, सौगात तिवारी, विनय पौडेल र सविन पौडेल चयन भएका छन् ।
अधिवेशन जेसीजका अध्यक्ष रविन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>