तनहुँ
बुद्धसिंह मार्ग निर्माण सुस्त गतिमा
०

तनहुँ, मङ्सिर ५ –
पृथ्वी राजमार्गको विकल्प मानिएको तनहुँ सदरमुकाम र चितवनको घुमाउनेघाटसम्मको ३४ किलोमिटर निर्माणाधीन बुद्धसिंह मार्गमा ४० प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वाधार विकास कार्यालयकी इन्जिनियर सुष्मा पाण्डेका अनुसार व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्मको ३४ किलोमिटरमध्ये चालु आर्थिक वर्षमा १० किलोमिटर पक्की बनाइने छ । एक किमी ढलान गरिने छ ।
हालसम्म ५०० मिटर ढलान भइसकेको छ । सडक दमौली बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुनेछ । सङ्घीय सरकारबाट बहुवर्षीय यो सडक निर्माणका लागि रु ३४ करोड २७ लाख ५४ हजार ५६१ विनियोजन भएको छ । वर्षाको पानी निकासका निम्ति नाला निर्माण, ‘स्ट्रक्चर’ र ‘सबग्रेडिङ’लगायत काम जारी छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























