चितवन विशेष

जेसीआई माडीका अध्यक्ष रानाभाट दोस्रो पटक सम्मानित

Banner

चितवन, मंसिर ४–

माडी जेसीज वर्ष २०२५ का अध्यक्ष, युवा नेतृत्वकर्ता ईश्वर रानाभाट प्रतिष्ठित जेसीआई एलओएम स्टार प्रेसिडेन्ट एसिया एण्ड द प्यासिफिक अवार्डबाट सम्मानित भएका छन्। यो महत्वपूर्ण घोषणा वल्र्ड कंग्रेस २०२५, ट्युनिसियामा सम्पन्न भव्य समारोहका बीच गरिएको हो।

अन्तर्राष्ट्रिय तहमा भएको प्रतिस्पर्धामा उत्कृष्ट नेतृत्व क्षमता, संगठनप्रतिको समर्पण र प्रभावकारी कार्यसम्पादनका आधारमा रानाभाट चयन भएका हुन् । उनको यो उपलब्धिले माडी जेसीज लगायत नेपाल र एशिया–प्यासिफिक क्षेत्रमा रहेका सम्पूर्ण जेसी सदस्यहरूलाई गौरवान्वित बनाएको छ।

नतिजापछि खुसी व्यक्त गर्दै अध्यक्ष रानाभाटले यस उपलब्धि आफू मात्रको नभई सम्पूर्ण माडी जेसीज परिवारको सामूहिक मेहनत, साथ र विश्वासको परिणाम भएको बताए। उनले एशिया–प्यासिफिक क्षेत्रमा आफ्नो एलएमओ को पहिचान र प्रभावशाली उपस्थिति अझ मजबुत बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे। साथै उनले आगामी दिनमा युवा नेतृत्व विकास, प्रभावकारी परियोजना सञ्चालन र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्दै काम गर्ने जनाए।

रानाभाटको अन्तर्राष्ट्रिय सफलता दोस्रो पटक माडी जेसीजको गर्व तथा प्रेरणादायी उपलब्धिका रूपमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>