देश/प्रदेश
ट्र्याक्टर दुर्घटनामा सहचालकको मृत्यु
०
काँक्रेविहार (सुर्खेत), मङ्सिर ४ –
जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























