चितवन विशेष
चितवनमा मुटु तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चितवन, मंसिर ३-
चितवनमा मुटु तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । आज चितवन उद्योग वाणिज्य संघको सभाहलमा मुटु तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
‘हरेक धड्कन जिवन हो ख्याल गरौ’ भन्ने नारासहित आयोजना गरिएको उक्त कार्यक्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जीवन व्यस्त रहेकाले व्यक्तिगत स्वास्थ्यसम्बन्धी पनि ध्यान दिलाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख बक्ता मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले मुटु तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिदै मुटुरोगबाट बच्ने उपायहरू, हृदयघात हुने कारण, मुटुरोगका लक्षण, समस्याका बारेमा जानकारी गराउँदै सहभागिहरूको जिज्ञासा सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमका चितवन मुटु अस्पतालका विशेषज्ञ डा. शंकर लौडारीले मुटु तथा मुटुरोगका बारेमा जानकारी गराउँदै मुटुरोगको सबैभन्दा राम्रो प्रभावकारी उपचार सचेतना भएको बताउनुभएको थियो । नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखा, चितवन उद्योग वाणिज्य संघ र चेम्बर बहुउद्देश्यीय सहकारी संस्था लि. को संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
























