देश/प्रदेश

बेपत्ता भएको ९ दिन पछि भेटियो इटहरीकी मञ्जुको शव

Banner

सुनसरी, मंसिर ३ –

गत कार्तिक २४ गतेबाट हराएकी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव धरानस्थित सर्दु जलाधारस्थित खोल्सामा शव फेला परेको छ ।

निरौला गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट हिँडेकी तर घर फर्केर नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएका थिए । गत कार्तिक २७ गते उनले लगाएको स्वेटर र ब्याग कोशी राजमार्ग छेउमा फेला परेको थियो ।

खोजी गर्दा पनि नभेटिएकी निरौलाको शव भेटिए पछि परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ । निरौलाको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव फेला परेको स्थान सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम भूभागमा रहेको छ ।

उनले भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबीचको तालमेलले घटना शङ्कास्पद देखिएको बताएका छन् । उनले विस्तृत अनुसन्धान जारी रहेको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>