देश/प्रदेश

ताप्लेजुङको तेम्बा बजारमा गए राति आगलागी हुँदा  चार घर जले

Banner

फुङ्लिङ (ताप्लेजुङ), मङ्सिर ३ –

मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>