देश/प्रदेश
देशभरको मौसम सफा रहने पूर्वानुमान
०

काठमाडौँ, मङ्सिर ३-
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ । आज बिहान ५ः३० बजे यहाँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























