अपराध

ठूलो परिणामको लागुऔषध सहित दम्पती नियन्त्रणमा

Banner

इटहरी , मङ्सिर १ –

सुनसरीबाट प्रहरीले ठूलो परिणामको लागुऔषध सहित दम्पतीलाई नियन्त्रणमा लिएको छ।

लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–१२ स्थित ‘नसिब फार्मेसी’मा छापा हानेर फार्मेसी सञ्चालक ५० वर्षीय नसिवनारायण चौधरी र उनकी पत्नी सम्झना चौधरीलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीले अनुसार लुकाई छिपाइ सिमेन्टको बोरामा राखिएको लागुऔषध प्रहरी पुगेपछि नसिवलाई घरको आँगनबाटै र सम्झनालाई छतबाट लागुऔषध बाहिर फाल्दै गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले फार्मेसीबाट १९ हजार ८ सय क्याप्सुल ट्रमा डोल र डिकोलिक ४ हजार ट्याब्लेट बरामद गरेको जनाएको छ। पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>